१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संकटको अवस्थामा नेपाललाई सहयोग गर्न भारत सधैं तत्पर : भारतीय प्रधानमन्त्री



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत हाल नेपालका विभिन्न भागमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् । मोदीले नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनले भनेका छन्, “नेपालमा भारी वर्षाबाट जनहानि र क्षति हुनु दुःखद छ। यस कठिन समयमा हामी नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्ध छौं।”

मोदीले आफूलाई “मैत्रीपूर्ण छिमेकी र पहिलो रेस्पोन्डर मुलुकको रुपमा उल्लेख गर्दै आवश्यक सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ।

उनले भनेका छन्, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।”

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा