काठमाडौं । अविरल वर्षापछि गएको पहिरो तथा नदी कटानका कारण देशका २४ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। प्रहरीले आइतबार साँझ ९ बजे बुलेटिन प्रकाशित गर्दै विभिन्न जिल्लामा पर्ने यी राजमार्ग अविरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको जनाएको हो
प्रहरीका अनुसार काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा सवारी साधन होल्ड गरिएको छ भने नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पनि सवारी साधन होल्डमा राखिएको छ । चितवन हुँदै काठमाडौं आउने सवारी साधनलाई अहिले ९ बजेबाट नारायणगढका बिभिन्न स्थानमा होल्ड गरिउका छन् ।
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–८ पकुचामा दुवैतर्फनै सवारी साधन होल्ड गरिएको छ।
यता, बीपी र अरनिको राजमार्ग अन्तर्गत दोलालघाटमा पनि दुवैतर्फ यातायात होल्ड गरिएको प्रहरीले जनाएको छ।
यी हुन् अवरुद्ध राजमागै र सवारी होल्ड गरिएका राजमार्ग र स्थान



















प्रतिक्रिया