२० मंसिर २०८२, शनिबार | December 7, 2025

वर्षा र पहिरोका कारण १८ सडकखण्ड पूर्णरुपमा अवरुद्ध (सूचीसहित)



काठमाडौँ । वर्षा र पहिरोका कारण देशभरका विभिन्न १८ सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेको बुलेटिन अनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न १८ सडकखण्डको आवागमन पूर्णरुपमा अवरुद्ध भएको हो।

प्रहरीका अनुसार ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा समेत सिद्धिचरण लोकमार्ग आवागमन अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ।

रसुवामा गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र क्षेत्र, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, मकवानपुरको भिमफेदी र बकैया क्षेत्रमा समेत पहिरोका कारण सडक अवरुद्ध रहेका छन्।

दक्षिणकाली–काठमाडौं खण्ड पनि इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा बन्द भएको प्रहरीको बुलेटिनमा उल्लेख छ।

राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको जनाउँदै सचेत रहन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल