१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी



दाङ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् ।

घोराही उपमहानगरपालिका-१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए । ‘बुवाको सिको गरेर १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु’, ७० वर्षे बादीले भने । उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकासम्मै मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उनले उल्लेख गरे ।

तिहारमा देउसी भैलो खेल्नेहरू हरेक वर्ष उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले बताए ।

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्यूठान र रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् ।

उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छिन् । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले बताइन् । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको उनको भनाइ छ ।

मादल बनाउन विशेषगरी खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गरिन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने बादीको अनुभव छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : १० बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से