२४ असार २०८३, बुधबार | July 9, 2026

सरकारलाई संयमित र जिम्मेवार ढंगले कदम चाल्न मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित भइरहेको राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई संयमित र जिम्मेवार ढंगले कदम चाल्न सुझाव दिएका हुन् ।

आयोगले आगामी दिनमा जेनजी पुस्ताका समूहहरूले गर्ने भनिएका प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिबाट शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावनाप्रति चिन्ता प्रकट गरेको छ । साथै, राजनीतिक दल, विभिन्न समूह र व्यक्तिहरूद्वारा व्यक्त भइरहेका अभिव्यक्तिहरूले मानव अधिकारको उपभोगमा अवरोध सिर्जना गर्न सक्ने अवस्था देखिएकाले त्यसलाई आयोगले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

विज्ञप्तिअनुसार, हिंसात्मक गतिविधि, व्यक्तिगत आक्रमणका टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने र राजनीतिक वातावरण नै धुमिल हुने खतरा रहेको छ । आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासनको पालना र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाको समाधान खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको उल्लेख गरेको छ ।

“विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासन सुदृढ बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न नेपाल सरकारलाई आयोग निर्देशन गर्दछ।”

साथै आयोगले सबै राजनीतिक दल र समूहहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरूप्रति लक्षित घृणायुक्त अभिव्यक्ति रोक्न र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धाको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : ०० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको