नेपालगन्ज । बाँकेमा प्रशासनसँग अनुमति नलिई हुने प्रदर्शन र त्यस क्रममा हुने क्षतिको जिम्मा प्रदर्शनकारील नै लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना प्रकाशित गर्दै प्रशासनको स्वीकृती/अनुमति बिना कुनै पनि किसिमको जुलुस, प्रदर्शन, बिरोध कार्यक्रम गरिएको भेटिएमा त्यबाट पर्न जाने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकले लिनु पर्ने जनाएको हो ।
सूचनामा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृती नलिई कुनैपनि प्रकारको जुलुस, प्रदर्शन, बिरोधका कार्यक्रम नगर्न नगराउन सूचित गरिएको छ ।
सर्वपक्षीय बैठकबाट भएको निर्णयको आधारमा प्काशित गरिएको भनिएको सार्वजनिक सूचनामा अनुमति बिना प्रदर्शन गर्नेहरु माथि कानुन बमोजिम कारबाही हुन/नहुने बिषय भने उल्लेख गरिएको छैन ।



















प्रतिक्रिया