३ चैत्र २०८२, मंगलबार | March 17, 2026

होटल पौवाको आयोजनामा बुटवलमा आगामी शनिबार सराय नाच प्रदर्शन हुँदै



बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा-३, योगीकुटीमा अवस्थित होटल पौवामा आगामी शनिवार (२०८२ असोज २५) साँझ ५ः३० बजेदेखि लोपोन्मुख सराय नाचको प्रदर्शन हुने भएको छ ।

लुम्बिनी प्रदेशका पहाडी भेगहरू गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाहरूमा प्रचलित धार्मिक र सांस्कृतिक महत्व बोकेको सराय नाचले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ ।

यसवर्ष पौवा सराय नाच सांस्कृतिक महोत्सवमा पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं. ५ कालिका युवा क्लबका कलाकारहरूको टोलीले सराय नाचसँगै अन्य विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन् ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले जानकारी दिएका छन् ।  “नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दैआएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पु-याउने विश्वास छ ।”, भण्डारीले भने ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिसँगै पहाडी परम्परागत खानपिनको स्वाद लिन सकिनेछ । योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका नेपाली परिकारका स्टलहरू राखिनेछ ।

होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मुलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् ।

नेपालगन्जमा पाँचतारे होटलको निर्माण कार्य सम्पन्न भै ब्यान्क्वेट सेवा, फाइन डाइन रेस्टुरेन्ट र नेपाली ब्रान्ड भात भान्सा सञ्चालनमा छन् । ब्राण्ड प्रमुख भण्डारी भन्छन्, ‘नेपालीपनको आतिथ्यतालाई आत्मसात गर्दै आएको पौवाले तारे होटलमा पनि सुलभ मूल्यमा रैथाने स्वादको खाना खुवाउन भातभान्सा नामको नयाँ ब्रान्ड सञ्चालन सुरु गरेको हो । नेपालगन्जबाट सुरु भएको यो ब्रान्ड पौवाको भैहरवाको शाखामा पनि स्थापित भएको छ ।’

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन होटलले निरन्तर प्रयास गरिरहेको बताए । “नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा र खानपिनको प्रवद्र्धनले पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका खेल्छ । पौवाले हरेक चाडपर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै नेपाली आतिथ्यताको पहिचानलाई विश्वसामु पु-याउने प्रयास गरिरहेको छ ।” अध्यक्ष भण्डारीले भने । कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पत्रकार महासघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, होटल पौवा प्रालिका उपाध्यक्ष धुर्ब ज्ञवाली एमडी बिष्णु ज्ञवाली, सिइयो कृष्ण गौतम लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १० : २८ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण