५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भूमिसमस्या समाधान आयोग खारेज, चार डीआईजी एआईजीमा बढुवा



काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र यसको अन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन गरिएको आयोग र सम्बन्धित जिल्ला समितिहरू विघटन गर्ने निर्णय गरेको हो ।

बैठकले साथै इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको पनि खरेलले बताए । बढुवा पाउनेमध्ये डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ५ : १९ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर