१६ बैशाख २०८३, बुधबार | April 29, 2026

खजुरामा कुखुरा फारम भित्र जुवा अड्डा, ५ जना जुवाडे पक्राउ



खजुरा । बाँके प्रहरीले कुखुरा फाराम भित्र संचालन भइरहेको जुवा अड्डामा छापा मारेर ५ जना जुवाडेलाई पक्राउ गरेको छ । खजुरा ४ डि गाउँ स्थित दिनेश शाहीले सञ्चालन गरेको ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरो भित्र संचालन गरिएको जुवा अड्डामा प्रहरीले छापा मारेको हो ।

हारजित हुने गरी जुवा ताश खेलीरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले छापा मारेर जानकी गाउँपालिकाका कृष्ण चौधरी, खजुरा ३ शैलेन्द्र कुमार मिश्रा, गोपाल बुढा क्षेत्री र आशिष गुरुङ तथा बर्दीया बढैयातालका राजेश गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जुवातास खेलिरहेका १०र१२ जना मध्य पक्राउ परेकाहरु बाहेक प्रहरीलाई देखे लगत्तै भागेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए । उनका अनुसार जुवा खालबाट प्रहरीले नगद ४७ हजार ३० रुपैयाँ र १ गड्‌डी तास बरामद भएको छ । पक्राउ परेकाहरुमाथि अनुसनधान भइरहेको डीएसपी पतालीले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ३४ बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’