१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका एक व्यक्ति ब्राउनसुगरसहित पक्राउ



झापा । ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुटपाटमा संलग्न एक व्यक्ति सहित आठ जना लागुऔषध (खैरो हिरोइन) सहित झापाबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर, सेक्टर–१ को एक छाप्रोबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाको साथबाट ७ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको खुलासा भएको प्रहरीले जनाएको छ । त्यस्तै, मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागेका व्यक्ति भएको पाइएको छ ।

अन्य पक्राउ पर्नेहरूमा साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी रहेका छन् ।

पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा