१ कार्तिक २०८३, शनिबार | October 17, 2026

५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित मंगलबार कांग्रेस विशेष महाधिवेशनको माग दर्ता गरिँदै



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर सहितको प्रस्ताव मंगलबार पेस हुने भएको छ। महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा देशका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर मंगलबार केन्द्रीय समिति बैठकअघि दर्ता गरिने भएको हो ।

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठक अघि हस्ताक्षर सहितको प्रस्ताव पेश हुने थापा निकटका कांग्रेस नेता मधु आचार्यले जानकारी दिए।

सोमबार दिउँसो साढे २ बजेसम्म ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको आचार्यले दाबी गरे।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको विषय चर्कोरुपमा उठेको छ। खासगरी महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवाले अविलम्ब नेतृत्वबाट बिदा लिने बेला आएको भन्दै त्यसका लागि विशेष महाधिवेशनको माग गरेका हुन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ०३ बजे

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी