काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर सहितको प्रस्ताव मंगलबार पेस हुने भएको छ। महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा देशका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर मंगलबार केन्द्रीय समिति बैठकअघि दर्ता गरिने भएको हो ।
भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठक अघि हस्ताक्षर सहितको प्रस्ताव पेश हुने थापा निकटका कांग्रेस नेता मधु आचार्यले जानकारी दिए।
सोमबार दिउँसो साढे २ बजेसम्म ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको आचार्यले दाबी गरे।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको विषय चर्कोरुपमा उठेको छ। खासगरी महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवाले अविलम्ब नेतृत्वबाट बिदा लिने बेला आएको भन्दै त्यसका लागि विशेष महाधिवेशनको माग गरेका हुन्।


















प्रतिक्रिया