काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदैछन् । उनी आज दिउँसो बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुँदै सार्वजनिक रूपमा देखिन लागेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ ।
जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । सो घटनापछि लामो समय अस्पतालमा उपचार गराई देउवा हालसम्म सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । उपचारपश्चात् आफन्तको निवासमा विश्राम गर्दै आएका देउवा आज पहिलो पटक सार्वजनिक रूपमा उपस्थित हुन लागेका हुन् ।


















प्रतिक्रिया