१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेपालको आफ्नै रेल जनकपुर आइपुग्दै, यस्तो रेलमा चढ्नेछौं अब हामी (फोटो फिचर)



काठमाडौं । नेपालमा रेल सेवा । अहिलेको पुस्ताका लागि अहिलेसम्म सपना जस्तै छ । रेल सेवाको लामो इतिहास भए पनि राज्यसत्ता सञ्चालकहरुको वेवास्ता र लापरवाहीका कारण जनकपुर जयनगर रेल्वे र रक्सौल अमलेखगन्ज रेल्वे सेवा वेवारिसे मात्रै होइन, नष्ट नै भयो । रक्सौल–अमलेखगन्ज नेपाल रेल्वे सेवाको अस्थिपञ्जर वीरगन्जतिर आसपासतिर अझै पनि कतैकतै देख्नसकिन्छ ।

केही वर्षअघिसम्म जनकपुर जयनगर रेल्वेको कुपोषित अस्थिपञ्जरमा चढेर सयौं यात्रीहरुले यात्रा गरेको भने पछिल्लो पुस्ताले पनि देख्न पाएको थियो । अब यो पुस्ताले आधुनिक रेल चढेर जनकपुर–जयनगर यात्रा गर्न सक्नेछ ।

अझ, केहीवर्ष यता त चिनियाँ हाइस्पिड रेल सेवा नेपाल नै आइहाल्यो कि भनेर नेताहरुले सपना देखाएका छन् । हेलिकोप्टरमा उत्तरी सीमा क्षेत्रसम्म पुगेर उ त्यहीँ पल्तिरबाट रेलमार्गको सुरुङ बन्छ भनेर देखाउने नेताहरु अहिले पनि राज्य सञ्चालनको हर्ताकर्ता नै छन् । यद्यपी, चिनियाँ रेल काठमाडौंसम्म आउने सपना कुनै दिन पुरा होला र नेपालको रेल सञ्चालन होला भन्ने आशा धेरै नेपालीले पालेर बसेकै छौं ।

सिगात्सेबाट केरुङका लागि रेलमार्गको निर्माण हुँदै गर्दा काठमाडौंसम्मै रेल आइपुगेको हल्ला गर्ने हामी नेपालीले दुई वर्ष अघि नै बनिसकेको जनकपुर जयनगर रेलमार्गमा रेल चलाउनका लागि न त दबाब दिन सक्यौं न त रेल सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तयार पार्न ध्यान दिन सक्यौं ।

भारत सरकारको सहयोगमा बनेको पहिलेको अस्थिपञ्जर रुटलाई नै विस्तार गरेर बनाइएको ब्रोडगेज रेलमार्गमा सञ्चालन हुनेगरी दुई वटा रेल भारतमा बन्यो । ४ महिनामा नेपाल आइपुग्ने भनेर सम्झौता गरिए पनि भारतको कोंकण रेलवेज कर्पोरेशन लिमिटेडले बनाएका दुई रेल १६ महिना पछि आज नेपाल आउँदैछन् ।

८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलका दुई सेट खरिद सम्झौता भएको थियो । आज शुक्रबार अपरान्हसम्म यिनै दुई रेल सेट नेपाल आइपुग्नेछन् । डिजेल र विद्युत दुवै शक्तिबाट सञ्चालन हुने यो रेल आइपुग्नु नेपालका लागि गौरबको विषय हो ।

भारतको जयनगरबाट जनकपुर प्लेटफर्मसम्म आउने रेल पुनः जनयनगर फर्किनेगरी सञ्चालन हुनेछन् । अर्थात राणकालमा सुरु भएको जनकपुर–जयनगर रेलसेवा अब सञ्चालन होला भनेर आशा गर्न सकिन्छ ।

राणकालमा काठ र नेपाली ढुंगामाटो ओसार्न बृटिश शासकहरुले नेपालको चुरे पहाडसम्म रेलसेवा सञ्चालन गराएका थिए । भारतमा आफ्नो साम्राज्य बलियो बनाउन रेल लाइन विस्तार गरेका बृटिशहरुले राणाशासकलाई फकाउँदै नेपालमा पनि रेललाईन विस्तार गरे, नेपालको प्राकृतिक स्रोतको दोहन गर्न ।

भारतमा वृटिश साम्राज्य समाप्त भएपछि भारतीय शासकहरुले त्यसैलाई विस्तार गर्दै देशव्यापी रेल सञ्जाललाई थप विस्तार गरे । तर, राणा शासनको पतन पछि सत्तासिन नेपाली शासकहरुले त्यही रेलमार्गलाई वेवास्ता गरे । हजारौं टन फलामलाई त्यत्तिकै सडाए । नेपाल रेल्वेको सम्पतिमाथि रजाईं मात्रै गरे ।

आज नेपाल आउने नेपालका यी दुई रेल सेटलाई छिटोभन्दा छिटो सञ्चालन गरेर कमसेकम जनकपुर र धनुषावासी जनतालाई सेवा दिन आवश्यक छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ३२ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले