३ आश्विन २०८३, शनिबार | September 19, 2026

“जेनजी आन्दोलनका नाममा भएको तोडफोड योजनाबद्ध र सुनियोजित थियो”- देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देखिएको तोडफोड र आगजनी आकस्मिक नभई योजनाबद्ध र सुनियोजित रूपमा गरिएको आरोप लगाएका छन् ।

मंगलबार (असोज २८) ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले देशकै स्थायित्व र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर असर पार्ने चेतावनी दिए ।

उनले भने, “यो अकल्पनीय, अमानवीय र त्रासदीपूर्ण घटना आकस्मिक वा स्वतःस्फूर्त थिएन, बरु सुनियोजित र योजनाबद्ध थियो भन्ने कुरा अहिले सार्वजनिक तथ्यहरूले पुष्टि गर्न थालेका छन्।”

देउवाले सो घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दै भने, “यो अनुसन्धान कसैको तात्कालिक नाफाघाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।”

देशका प्रमुख संवैधानिक निकायहरू र सुरक्षासंस्थाहरूको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले सबै अंगहरूलाई उच्च आत्मबलका साथ जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे ।

देउवाको यस्तो अभिव्यक्ति भदौमा भएको जेनजी आन्दोलनपछि पहिलोपटक भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा आएको हो, जहाँ उनले पार्टी, सरकार र सुरक्षासंस्थाले घटनाबाट गम्भीर पाठ सिक्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : २४ बजे

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक