२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

देउवाले भने – ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक’ (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पहिलो पटक सानेपा पुगेर सम्बोधन गरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा आफ्नै बूढानीलकण्ठस्थित निवासमा आक्रमण र कुटपिटमा परेका देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै तत्काल सभापति पद नछाड्ने घोषणा गरेका हुन् ।

देउवाले भने, “मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनबाट मात्र नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु । अहिले उपचारका लागि सिंगापुर जान लागेकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको छु।”

उनले जेन–जी आन्दोलनका क्रममा देखिएका हिंसात्मक घटनाले देशलाई नै स्तब्ध बनाएको बताउँदै त्यसलाई नेपालको इतिहासकै डरलाग्दो अध्याय भनेका छन् । “राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चार गृहसम्म आक्रमण भयो । यो नेपालको इतिहासकै डर लाग्दो घटना हो,” देउवाले भने ।

देउवाले ती घटनाको निष्पक्ष र निस्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै दोषीमाथि कडा कानूनी कारबाही गर्न आग्रह गरे ।

त्यसैगरी उनले संकटको समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको परिपक्व नेतृत्वको प्रशंसा गर्दै भने, “राष्ट्रपति पौडेलको विवेकपूर्ण र जिम्मेवार भूमिकाले मुलुक ठूलो दुर्घटनाबाट जोगिएको हो।” तर देउवाले ‘जेनजी’ प्रदर्शनपछि गरिएको प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भएको पनि बताए । उनले प्रतिनिधिसभा विघटन अलोतान्त्रिक भएको समेत जनाए ।

“संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,” सभापति देउवाले भने ।

जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका देउवाले आफ्नो सम्बोधनमार्फत पार्टी एकता, स्थायित्व र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् ।

बैठकमा देउवाको सम्बोधनको पूर्णपाठ :

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ४१ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र