१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

काठमाडौँमा भोलिदेखि राहदानी आवेदन सेवा सुरु हुने



काठमाडौँ । काठमाडौँमा असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा भोलिदेखि सुरु गर्न लागेको जानकारी दिएको हो । उक्त सेवा जेनजी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले भोलि बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सेवा (सिफ्ट)मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए ।

जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ । राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित भई सहयोग गरिदिनसमेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : २१ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति