काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा प्रारम्भ भएको छ।
बैठकको सञ्चालन महासचिव शंकर पोखरेलले गरिरहेका छन्।
भदौ २३२४ गते भएको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरन बाध्य एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिलाई समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
ओलीको सम्बोधनअघि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
तीनदिनअघि सम्पन्न एमाले सचिवालय बैठकले आगामी मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


















प्रतिक्रिया