२० मंसिर २०८२, शनिबार | December 6, 2025

फागुन २१ को चुनाव सामान्य नभई राष्ट्रको काँचुली फेर्ने महाअभियान : राष्ट्रपति पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले र जेनजी अभियन्ताहरू बीच समसमायिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँग छलफल गरेका हुन् ।

छलफललाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियान र प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई राष्ट्रपतिले आग्रह गरे । उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको बताए ।

राष्ट्रपति पौडेलले राम्रो प्रतिनिधिसभा बनाउन, भ्रष्ट र बदमास जित्न नदिन र असल र इमानदारहरू जितेर आऊन् युवाहरुको भुमिका रहनुपर्ने बताए । नयाँ निर्वाचन पछि देश न्याय र सुशासनको बाटोमा जानुपर्ने र युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

उनले जेनजीहरूको आन्दोलनको सम्मान गर्न सरकारलाई समेत सहभागी गराएर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीका बाँकी मागमा सरकारले ध्यान दिने स्पष्ट पारे ।

भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा यो अन्तरिम सरकार गठन भएको उनको भनाई थियो ।

जेन जी अभियन्ताहरुलाई सम्बोधन गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलको आग्रहलाई भावुक र मार्मिक रहेको बताइन् । उनले राष्ट्रपतिको भनाई राष्ट्रपिताको जस्तो गर्भीलो भएको पनि उल्लेख गरिन् । उनको भनाइलाई अन्तस्करणको आवाजका रूपमा लिन जेन जी अभियन्ताहरुलाई प्रधानमन्त्रीले आग्रह गरिन् ।

जेनजीका प्रतिनिधिहरूले आफ्नो आन्दोलन सामाजिक आर्थिक न्याय, कुशासन र भ्रष्टाचारविरुद्ध भएको तर संविधान, लोकतन्त्र र सङ्घीयता विरुद्ध नरहेको स्पष्ट पारे । उनीहरूले आन्दोलनलाई मान्यता दिँदै मागहरू पूरा भएपछि सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा आफूहरू दृढ रहेको बताएका थिए ।

सो बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, प्रदीप पाण्डे, निकुन्ज भण्डारी, खेमराज साउद, रिजन राना, बब्लु गुप्तालगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ८ : ४७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय