२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बझाङको तलकोटमा ‘फोरजी’ सेवा सञ्चालन



काठमाडौं । बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ । टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको-तलकोट गाउँपालिका-४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी सेवा सञ्चालनमा आएको हो ।

हाल तलकोटमा रहेका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीका अनुसार बिहीबारदेखि फोरजी सेवा सञ्चालन भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रूपमा हट्दै जानेछ ।

जिल्लाको तलकोट वडा नं १ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका-१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका-१ तथा खप्टड छान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने जनाइएको छ । ती क्षेत्रमा भौतिक संरचना बनिसकेका र बिटिएस उपकरण जडान भएपछि सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समन्वय र ताकेतापछि तलकोटमा फोरजी सञ्चालनमा आएको हो । मन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिकमको पहुँच सहज बनाउन टेलिकम लागिपरेको र आफूले पनि त्यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

उनले बझाङ, बाजुरा, जाजरकोटलगायत दुर्गम जिल्लाको टेलिफोन र इन्टरनेट सेवा विस्तार तथा सेवा गुणस्तर अभिवृद्धिका लागि टेलिकमका सम्बन्धित कार्यालयलाई बारम्बार ताकेता गरिरहेको बताए ।

तलकोट वडा नं ४ का वडाध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिए । उनले फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा सहज हुने उल्लेख गरे ।

जिल्लाको पूर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । यसअघि सञ्चारमन्त्रीको समन्वय र ताकेतापछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको थियो ।

सञ्चारमन्त्री खरेलले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कामलाई विशेष प्राथमिकता दिन सम्बन्धित निकायलाई ताकेता र आवश्यक निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : २५ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज