२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

लुटिएका हतियार र फरार कैदीबन्दीबाट हुनसक्ने सुरक्षा चुनौतीप्रति गम्भीर छौँ : सेना



काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीको सम्भावित समिश्रणबाट समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाले ती हतियार र कैदीबन्दी फिर्ता गर्नका लागि साझा प्रयास गर्न सबै तह र तप्कालाई हार्दिक अपिल गरेको छ ।

नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा १५ हजार ५८८ कैदीबन्दी तथा थुनुवा फरार भएकामा हालसम्म आठ हजार ७९९ फिर्ता भइसकेका छन् । अरु कैदी तथा थुनुवा अझै फरार छन् ।

सुरक्षा निकायको लुटिएका नौ सय ७८ नालमध्ये हालसम्म पाँच सय ८६ नाल हतियार फिर्ता भएका छन् । अरु अझै बेपत्ता अवस्थामा छ । उपत्यकाभित्र मात्रै नेपाली सेनाले प्राप्त गरेका हतियारमध्ये दुई सय ७४ नाल नेपाल प्रहरी र १२ नाल सशस्त्र प्रहरी बललाई बुझाइसकेको जानकारी दिएको छ ।

जेनजी आन्दोलनका क्रममा चार सय ८४ स्थानमा भएको प्रदर्शनीमा २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको थियो । त्यसक्रममा छ सय ८८ वटा सरकारी कार्यालयलगायत अन्य भौतिक संरचनामा तोडफोड र आगजनीबाट क्षति पुगेको थियो ।

पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख अनुपजङ्ग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी धारणा व्यक्त गरे ।

उनले भने, “सोका लागि सेनाले आफ्नो स्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनै पनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेका छौँ ।”

जेनजी आन्दोलनपछिको अन्योलता, शङ्का–उपशङ्का, विभिन्न प्रश्नकाबीच सेनाले शान्ति सुरक्षा तथा अमनचयन कायमका लागि सुरक्षा अवस्थाको वस्तुगत ढङ्गले मूल्याङ्कन असल नियत र सही अभिप्रायसाथ कार्य गरेकाले ती प्रश्नका उत्तर आफैँ प्रष्ट हुँदै गइरहेको उपरथी थापाको भनाइ थियो ।

उनले भने, “आउँदा दिनमा राष्ट्रिय तहमा आधारभूत विषयमा निकासका उपायहरू पहिचान गर्न सम्पूर्ण विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी र आमनागरिकले सामाजिक सद्भाव, राष्ट्रिय एकता र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकतामा राखी आआफ्नो भूमिकाबाट योगदान पुर्याउनुपर्ने आजको आवश्यकता हो ।”

राष्ट्रमा असहज परिस्थिति आइपर्दा सबै एकजुट हुने नेपालीको संस्कार भएको स्मरण गराउँदै उपरथी थापाले राष्ट्रिय एकता नै सङ्कट, विपद् र विषम परिस्थितिमा आफ्नो त्यो संस्कारलाई जगेर्ना गर्दै राष्ट्रिय हितको संरक्षणमा हातेमालो गर्न अपिल गरे ।

उनले भने, “यी सबै परिस्थितिमा नेपाली सेना राष्ट्रिय हित र जनरक्षाका लागि सदातयार थियो, छ र रहिरहनेछ ।”

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : ०८ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३