२० मंसिर २०८२, शनिबार | December 6, 2025

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी–४ का ३४ वर्षीय नरेश चौधरी र उनका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए ।

घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जनाउँदै उनले भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : २३ बजे

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक