काठमाडौँ । गृहमन्त्रालयले ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई विभिन्न नागरिक सरोकारका ११ शीर्षकमा ७ पेज लामो निर्देशन जारी गरेको छ । मन्त्रालयका तर्फबाट गृहसचिव रामेश्वर दंगालले प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकहरुको प्रमुख सरोकार राख्ने तथा सुरक्षा ब्यवस्थापनका ११ शीर्षकमा बिभिन्न निर्देशन जारी गरेका हुन् ।
सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा निर्देशन दिएका छन् । निर्देशनमा सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवं अभिवृद्धि गराउन भनिएको छ ।
सचिव दंगालले शान्ति सुरक्षा शीर्षकमा ९ बुँदामा, अपराध नियन्त्रण शीर्षकमा ३ बुँदामा, सुशासन र प्रभावकारी सेवा प्रवाह शीर्षकमा १० बुँदामा, निर्वाचन सम्बन्धमा ५ बुँदामा निर्देशन दिएका छन् ।
त्यस्तै विकास व्यवस्थापन, कारागार प्रशासन, विपद् व्यवस्थापन शीर्षकमा पनि गृहसचिवले सिडीओहरुलाई निर्देशन दिएका छन् ।
यस्तो छ गृहसचिवबाट सिढीओहरुलाई जारी भएको निर्देशन :


















प्रतिक्रिया