३० असार २०८३, मंगलबार | July 14, 2026

प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका विषयमा सात राजनीतिक दलका नेताहरूसँग आज छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, छलफल आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी, राजनीतिक सहमति र वातावरण सुदृढीकरणका विषयमा दलहरूसँग विचारविमर्श गर्नका लागि यो बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सातवटै राजनीतिक दलहरूलाई छलफलका लागि औपचारिक पत्र पठाएर प्रत्येक दलबाट दुई-दुई जना प्रतिनिधि पठाउन आग्रह गरेकी छन् ।

छलफलका लागि निमन्त्रणा प्राप्त दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र जनमत पार्टी रहेका छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच संवाद र समन्वय बढाउने उद्देश्यले यो बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : १२ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित