४ चैत्र २०८२, बुधबार | March 19, 2026

राष्ट्रिय सम्मानका साथ विपिन जोशीको अन्तेष्टि गरिँदै



कञ्चनपुर । इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

जोशीको आज बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी भैरहेको छ । अन्तिम संस्कार अघि भीमदत्त नगरपालिका–३ स्थित उनको निवासबाट शवयात्रा निकालिने भएको छ ।

जोशीप्रति श्रद्धाञ्जलीस्वरूप सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्ने तयारी गरेको छ ।

विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए । लामो समयसम्म सम्पर्कविहीन रहेपछि गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले जोशीको शव इजरायली सेनालाई बुझाएको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचपछि शव जोशीकै भएको प्रमाणित भएको थियो ।

जोशीको शव सोमबार मात्र इजरायलबाट नेपाल ल्याइएको हो । काठमाडौं अवतरणपछि नेपाली सेनाले स्काई ट्रकमार्फत धनगढी विमानस्थलसम्म शव पुर्‍याएको थियो, जहाँ सुरक्षाकर्मीहरूले उनलाई औपचारिक सलामी अर्पण गरका थिए भने उनलाई श्रद्धान्जली दिन सोमबारसाँझ लक्ष्मी पूजाको दिनमा पनि आफन्तहरु, गाउँलेहरुको ठूलो उपस्थिति थियो । ।

जोशीको पार्थिव शरीर परिवारलाई बुझाउने क्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन जना इजरायली प्रतिनिधिहरू पनि कञ्चनपुर पुगेका छन् । उनीहरूले जोशीको घरमा पुगेर परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

स्थानीय समुदायका अनुसार विपिन जोशीले आफ्नो मेहनत र अध्ययनमार्फत देशको गौरव बढाएका थिए, र उनको बलिदानले नेपाल–इजरायल सम्बन्धलाई अझ भावनात्मक रूपमा जोडेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ०१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन