३ आश्विन २०८३, शनिबार | September 19, 2026

इलामका बाढीपीडित परिवारलाई पाकिस्तानी दूतावासको राहत सहयोग



काठमाडौं। नेपालस्थित पाकिस्तानी दूतावासले नेपाल–पाकिस्तान युवा परिषद् सँगको सहकार्यमा इलाम जिल्लाका माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा आयोजित एक साधारण समारोहमा नेपालस्थित पाकिस्तानी राजदूत महामहिम अबरार एच हाश्मी, दूतावासका प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइँटेलले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइराला, माङसेबुङ गाउँपालिकाका अध्यक्ष तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजदूत हाश्मीले बाढीपीडितप्रति सहानुभूति प्रकट गर्दै नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले पाकिस्तानका जनताबाट प्रेमको प्रतीकस्वरूप राहत सामग्री हस्तान्तरण गरेको बताए । साथै उनले नेपाली जनताको दृढता र तीन तहका सरकारको राहत प्रयासको प्रशंसा गरे ।

सो अवसरमा राजदूत हाश्मीले इलामका बाढीपीडित विद्यार्थीहरूलाई सहयोग स्वरूप एमबीबीएस, बीडीएस, बी फार्मा कार्यक्रम र पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्रामअन्तर्गत चारवटा छात्रवृत्ति र माध्यमिक तहका लागि पचासवटा छात्रवृत्ति प्रदान गर्ने विशेष घोषणा गरे ।

उनले हालैका बाढीपहिरोबाट प्रभावित कोशी प्रदेशका जनताप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट गहिरो संवेदना प्रकट गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : १० बजे

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र