१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

इलामका बाढीपीडित परिवारलाई पाकिस्तानी दूतावासको राहत सहयोग



काठमाडौं। नेपालस्थित पाकिस्तानी दूतावासले नेपाल–पाकिस्तान युवा परिषद् सँगको सहकार्यमा इलाम जिल्लाका माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा आयोजित एक साधारण समारोहमा नेपालस्थित पाकिस्तानी राजदूत महामहिम अबरार एच हाश्मी, दूतावासका प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइँटेलले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइराला, माङसेबुङ गाउँपालिकाका अध्यक्ष तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजदूत हाश्मीले बाढीपीडितप्रति सहानुभूति प्रकट गर्दै नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले पाकिस्तानका जनताबाट प्रेमको प्रतीकस्वरूप राहत सामग्री हस्तान्तरण गरेको बताए । साथै उनले नेपाली जनताको दृढता र तीन तहका सरकारको राहत प्रयासको प्रशंसा गरे ।

सो अवसरमा राजदूत हाश्मीले इलामका बाढीपीडित विद्यार्थीहरूलाई सहयोग स्वरूप एमबीबीएस, बीडीएस, बी फार्मा कार्यक्रम र पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्रामअन्तर्गत चारवटा छात्रवृत्ति र माध्यमिक तहका लागि पचासवटा छात्रवृत्ति प्रदान गर्ने विशेष घोषणा गरे ।

उनले हालैका बाढीपहिरोबाट प्रभावित कोशी प्रदेशका जनताप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट गहिरो संवेदना प्रकट गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : १० बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा