१० श्रावण २०८३, आइतबार | July 26, 2026

७ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार २ जना महिला र ५ जना पुरुषको ज्यान गएको हो ।

जसअनुसार मोरङमा ६६ वर्षका दुई जना पुरुषको मृत्यु भएको छ । काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, ललितपुरमा ६६ वर्ष महिलाको मृत्यु भएको छ भने भक्तपुरका ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी नवलपरासीका ३१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३९० पुगेको छ । यो संख्या कुल संक्रमितको ० दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ४७ बजे

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले