१ चैत्र २०८२, आइतबार | March 15, 2026

वसन्तपुरमा अञ्जली मास्केको सामूहिक भाइटीका, २०८ दाजुभाइले लगाए टीका



काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिएकी छन् ।

दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आएकी छन् । जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उनले जानकारी दिइन् ।

मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामूहिक रुपमा टीका लगाइदिने गर्दथिन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उनले मरुसत्तलमा टीका लगाउन थालेकी हुन् । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उनले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : ५९ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना