१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना



दाङ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपुर्ण पर्यटकीय केन्द्र हो । अहिले सो झरनाको अवलोकन गर्न टाढा टाढाबाट पर्यटक पुग्ने गर्दछन् । विशेषगरी दसैँ–तिहार मनाउन घर फर्केका धेरैले यस वर्ष झरनाको अवलोकन गरेको स्थानीयहरु बताउँछन् ।

पैँतालीस फिट उचाइको सो झरनाबाट पानी तल खस्दै गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबै लोभिन्छन् । सोही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र सोही नदीको करिब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट बिस्तारै बबई नदीमा गई मिसिने गर्दछ ।

झरनाको अवलोकन गर्न पुग्ने जो कोही पनि त्यहीँ पानी खस्ने ठाउँमा सेल्फी खिच्न, टिकटक बनाउन व्यस्त हुन्छन् भने गर्मीको समयमा भने अवलोकन गर्ने गएका पर्यटक सोही पोखरीमा पौडी खेल्छन् । यति बेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक झरना अवलोकन गर्न आउने गरेका कर्मचारी कुलबहादुर बुढाले जानकारी दिए । दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन गर्न आउने गर्दछन् ।

विशेषगरी दसैँ–तिहारको समयमा विद्यालयमा बिदा भएकाले विद्यार्थी आ–आफ्ना अभिभावकसँग झरना अवलोकन गर्न आउँछन् । झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने गरिएको छैन् । सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको छ ।

झरना अवलोकन गर्न बाँकेको कोहलपुरबाट पहिलोपटक पुगेकी ३० वर्षीया सपथ चापागाईंले यहाँ आउँदा निकै आनन्द आएको बताइन् । उनले यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सुझाव दिइन् । तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिण पश्चिममा पर्ने सो झरनाको आफ्नै महत्व छ । यो एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन ।

सो झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईवस्तु लिएर जङ्गलमा जाने, घाँस, दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए । झरना करिब एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर छ । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला लाग्दछ ।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि आफूले गुरुयोजना बनाई पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष केसीका अनुसार विगतका वर्षमा बाटो नहुँदा झरना क्षेत्रको अवलोकन वर्षायाममा गर्न सकिँदैनथ्यो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १२ : ०३ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद