८ बैशाख २०८१, शनिबार | April 20, 2024

एनआरएनए विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु 



अमेरिका ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ ।

भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डा. संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक अधिकार भएको बताउँदै, कोरोना महामारीले हामी प्रत्येकलाई स्वास्थ्य पहिले र त्यसपछि मात्रै अरु कुरा क्रमशः आउने सिकाएको बताए ।

स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै डा. सापकोटाले भने, ‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडी, लगायत विश्वका विभिन्न मुलुकहरुमा ५ हजारभन्दा बढी डाक्टरहरु कार्यरत छौँ र हजारौँको संख्यामा नर्सहरु हुनुहुन्छ । विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

नेपाल बाहिर रहेका ८० लाख नेपालीहरु तथा नेपालभित्रका ३ करोड गरी करिब ४ करोड मानिसहरुको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

डा सापकोटाले महामारीको यस्तो विषम अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायत विश्व स्वास्थ्य शक्ति एकै ठाउँ उभिएर अघि बढ्नुपर्ने विषयलाई समेत जोड दिए ।

औपचारिक रुपमा सम्मेलन सुरु हुनुपूर्व शुक्रबार भएको पूर्व सत्रमा डा. सापकोटाले स्वास्थ्यका विभिन्न २४ बुँदाहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेमा थिए । सोही बुँदाहरुमा घनीभूत छलफल गरी सम्मेलनको अन्त्यमा घोषणापत्रका रुपमा जारी गरिनेछ ।

डा. सापकोटाले प्रस्तुत गरेको स्वास्थ्य सम्बन्धी कार्यपत्रमा स्वास्थ्यकर्मीको भुमिका, मानसिक स्वास्थ्य, महिला स्वास्थ्यको, युवा स्वास्थ्य लगायत विषयलाई समेटिएको छ ।

साथै अस्पताल र क्लिनिकमा मात्रै ध्यान दिने होइन पोषिलो खाना र व्यायम लगायतमा समेत ध्यान पुर्याउनुपर्ने सुझावहरु उल्लेख गरिएका छन् ।

डा. संजिवले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न मुलुकमा कार्यरत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नर्वेबाट डा. सुरज थापाले कार्यपत्रमा मानसिक स्वास्थ्य लगायत संवेदनशील स्वास्थ्यका विषयहरु समेटिनु उपयुक्त पक्ष भएको बताए ।

कार्यक्रममा बोल्दै अस्ट्रेलियाबाट डा. कुश श्रेष्ठले यो विषयमा सरकारको सहभागिता पनि महत्वपूर्ण हुने बताए ।

देशबाहिर ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीहरुसँग सरकारले समेत हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

युकेमा कार्यरत नर्स प्रसुना कँडेलले आफूले विदेशमा सिकेको ज्ञान नेपालमा बाँड्न सक्ने बताइन ।

एनआरएनए सचिव आरके शर्माले सबैभन्दा ठूलो संख्यामा नेपालीहरु रहेका मध्यपूर्वी खाडी मुलुकहरुमा स्वास्थ्य सचेतनाका कार्यक्रम आवश्यक रहेको विषयमा जोड दिए ।

सचेतनाको अभावका कारण यी मुलुकहरुमा ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।

कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागी थियो ।

सहभागी स्वास्थ्यकर्मीहरुले घोषणा पत्रमा नर्सको भूमिका लगायत केही आवश्यक विषयहरु समेट्न सके उचित हुने सुझाव प्रस्तुत गरेका थिए ।

त्यस्तै डा. सरिता पाण्डे, भुपेन्द्र बस्नेत, नर्स मन्जु संग्रैला, लगायतले कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

शुक्रबार प्रस्तुत कार्यपत्रमाथि ३ दिनसम्म बहस चल्नेछ ।शुक्रबारदेखि सुरु भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्नेछ ।

सम्मेलनको औपचारिक उद्घाटन भने शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा. सापकोटाले जानकारी दिए।

अन्तिम दिन २० सेप्टेम्बर आइतबार सम्मेलनको घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : २४ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस