२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

शेरबहादुर देउवा सिंगापुर जाँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति सिंगापुर प्रस्थान गर्दै छन् ।

देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि राति ११ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर जान लागेका हुन् ।

जेन जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणपछि उनलाई मानसिक रूपमा समेत आघातमा परेको थियो। त्यसक्रममा सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल, छाउनीमा पुर्‍याएका थिए, जहाँ देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। ती टाँका समेत सिंगापुरमै निकाल्ने तयारी गरिएको बताइएको छ।

देउवाका छोरा, बुहारी र साला हाल सिंगापुरमै रहेका कारण उनले त्यहीँ उपचार गर्ने योजना बनाएका हुन् । सरकारले उनको विदेश यात्रा रोक्ने कुनै तयारी नगरेको स्रोतले जानकारी दिएको छ।

देउवाले पार्टीको कार्यबाहक जिम्मेवारी पूर्णबहादुर खडकालाई सुम्पेर सक्रिय राजनीतिबाट विश्राम लिने तयारी गरेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ०६ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा