१० माघ २०८२, शनिबार | January 24, 2026

नेपालगन्जमा बढ्दो छठको रौनक



नेपालगन्ज । नेपालगन्जमा पछिल्लो समय छठ पर्वको रौनक बढ्दै गएको छ । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वके रौनक केही वर्षदेखि नेपालगन्जमा बढ्दै गएको हो ।

छठ पर्वका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरभित्रको तलाउलाई ुछठीघाटु का रुपमा झकिझकाउ बनाइएको छ । हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढ्दै गएको हो ।

छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गरेको छ । तलाउ क्षेत्रमा टेण्ट सजावट, विजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाई लगायतको काम गरिएको छ ।

आज छठ पर्वको मुख्य दिन रहेको छ । आज साँझ छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र भोलि मंगलबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पछिल्ला दिनहरुमा पश्चिममा पनि बढेको छ ।

चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ३९ बजे

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध