काठमाडौं । सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संगै राखेर छलफल गर्ने भएको छ । सरकारले जेनजी प्रतिनिधिलाई सहभागी गराएर राजनीतिक दलसँग बुधबार छलफल गर्ने भएको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार दिउँसो ४ बजेपछि तीनपक्षबीच छलफल हुने जानकारी दिए ।
खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जेनजी र दलहरूसँग वार्ता गर्ने लागेको बताए । छलफल निर्वाचनको वातावरण तयार पार्नमा केन्द्रित हुने उनले बताए ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधि र जेनजी अभियन्ताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन्। दलसँगको छलफलमा प्रधानमन्त्री कार्कीले जेनजीसहितको छलफल गर्ने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावमा दलहरूले समर्थन जनाएका थिए।


















प्रतिक्रिया