१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

२३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी दिने



काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्टले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको छ। आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीमा जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको हो ।

भदौ २३ को जेन जी आन्दोलनको भोलिपल्ट २४ गते भएको आगजनी ध्वंसबाट सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनीबाट ध्वस्त भएका छन्।

आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार आइतबार सर्वोच्चको फुलकोर्ट बैठकले निर्णय गरिसकेको र एक दुई दिनमै आगजनी र तोडफोडमा क्षति भएका अदालतहरुले आ(आफ्नो जिल्लाको प्रहरी कार्यालयमा जाहेरी दिने छन् ।

सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ। आगजनीमा संलग्न कतिपयको पहिचान भइसकेको छ भने सार्वजनिक भएका भिडिओ, फोटो र सीसी क्यामेराबाट थप पहिचान गर्न सकिने अवस्था रहेको जनाइएको छ।

आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ। सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन्।

अदालतले क्षतिको विवरणसहित जाहेरी दिने र सरकारले गठन गरेको जाँचबुझ आयोगमा पनि क्षतिको विवरण बुझाउने फुलकोर्टको निर्णय छ । सर्वोच्च बाहेक अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन्।

आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक कुनै पनि काम नलाग्ने भएका, उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि काम नलाग्ने भएको छ।

जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि काम नलाग्ने अवस्थामा छन्। जलेका सवारीसाधानमा चार पाँग्रे १२९ वटा रहेका छन्।

सर्वोच्च अदालतका ४३, उच्च अदालतका न्यायाधीशका २३, जिल्ला अदालतका न्यायाधीशका २५ वटा र मातहतका अदालतका ३८ वटा छन्। २२३ वटा मोटरसाइकल र ७० वटा स्कुटर पनि जलेका छन्। यी सबै क्षतिको विवरणसहित जाहेरी दिने अदालतको तयारी छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ५९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा