२४ बैशाख २०८१, सोमबार | May 7, 2024

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसकासाथै बाँकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ६ बजे मापन भए अनुसार लमजुङको बेसिशहर, खुदीबजारलगायतका धेरैजसो स्थानहरुमा विगत ५ घण्टामा अति ठुलो बर्षा भएको छ ।

लमजुङ भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनुका साथै कमजोर र भिरालो जमिनमा पहिरो जाने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यासैगरी आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : २१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,