१३ माघ २०८२, मंगलबार | January 27, 2026

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ । विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो ।

यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आइरहेको थियो । अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उडड्यन सेवा यथावतै रूपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।

यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ४६ बजे

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ