४ चैत्र २०८२, बुधबार | March 18, 2026

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित



मुस्ताङ । मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै हिमपात भएको छ ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पु¥याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ ।

मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । “वर्षाका कारण रानीपौवा बसपार्कदेखि मुक्तिनाथको तल्लो प्रवेशद्वारसम्मको बाटो हिलाम्मे भएको छ ।”

कर्मचारी सुवेदीले हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको बताए । मुक्तिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त भक्तजनलाई मन्दिर पुगेर दर्शन गरी फर्किन सकस भइरहेको मुक्तिनाथस्थित जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए । मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य प्रभावित बनेको छ ।

जोमसोम-कोरला सडक अवरुद्ध

यसैबीच वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम-कोरल सडक पहिरोका कारण अवरुद्ध बनेको छ । जोमसोम-कागबेनी र कागबेनी-जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बुधबार साँझ जोमसोम-कागबेनी सडक खण्डअन्तर्गत यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक पहिरो भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । कागबेनी-कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र-३ ताङ्वे सडकमा पनि पहिरो गएको छ । पहिरोले सवारी आवागमन ठप्प भएको छ ।

मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत स्थानीय प्रशासनले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले सडक पुनः खुलाउन पहल भइरहेको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : २७ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको