२८ भदौ २०८३, आइतबार | September 13, 2026

तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न आग्रह



काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका यथेष्ट आधार प्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट सम्प्रेषण गरी अतिरञ्जित गर्ने कार्य पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको जनाउँदै हुँदा त्यस्ता कार्य नगर्न/नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैमा आग्रह गरेका हुन ।

काउन्सिलले भनेको छ, “पत्रकारिताका मूल्यमान्यताविपरीत गैरपेसागत आचारण गर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना/अफवाह भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न नगराउन काउन्सिल आग्रह गर्दछ ।”

काउन्सिलले मिडियामा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानललगायतका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरीपरेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भुलसुधार निर्देशन एवं सचेत गराइने र त्यसोगर्दा पनि भुल सुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने बेहोरासमेत जनाएको छ ।

काउन्सिलले सञ्चारमाध्यम र सञ्चारमाध्यमका सामाजिक सन्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी/जनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

वर्तमान अवस्थामा कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएका सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’ का रूपमा तोकी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ३४ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू