काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का तथा स्थानहद सम्बन्धी सरकारको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । कात्तिक १२ गते दर्ता गरिएको उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेका छन् ।
जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसका आधारमा सरकारले ओली, लेखकसहित पाँच जनाको राहदानी रोक्का गरेको थियो । उनीहरूलाई सरकारी अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हद समेत तोकेको थियो ।


















प्रतिक्रिया