२३ असार २०८३, मंगलबार | July 8, 2026

‘सर्को तानेको बेलामा केही नलेख्न’ बालेनलाई शिक्षमन्त्री पुनको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा लेखेको अश्लिल स्टाटसबारे शिक्षामन्त्री महावीर पुनले परोक्ष टिप्पणी गरेका छन् ।

बालेनको नाम नलिईकन, मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्— “केही आशालाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेला सर्को तानेर बोलेको वा लेखेको जस्तो लाग्छ । सर्को तान्न केही छैन, तर त्यस बेला नबोल्न वा नलेख्न अनुरोध छ ।”

उनको यो टिप्पणीलाई मेयर शाहको स्टाटससँग जोडेर व्याख्या गरिएको छ ।

बालेनले लेखेको स्टाटस अश्लिल भएको भन्दै व्यापक आलोचना भएपछि उनले केही समयमै हटाएका थिए । तर उक्त स्टाटसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : १० बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको