१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘सर्को तानेको बेलामा केही नलेख्न’ बालेनलाई शिक्षमन्त्री पुनको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा लेखेको अश्लिल स्टाटसबारे शिक्षामन्त्री महावीर पुनले परोक्ष टिप्पणी गरेका छन् ।

बालेनको नाम नलिईकन, मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्— “केही आशालाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेला सर्को तानेर बोलेको वा लेखेको जस्तो लाग्छ । सर्को तान्न केही छैन, तर त्यस बेला नबोल्न वा नलेख्न अनुरोध छ ।”

उनको यो टिप्पणीलाई मेयर शाहको स्टाटससँग जोडेर व्याख्या गरिएको छ ।

बालेनले लेखेको स्टाटस अश्लिल भएको भन्दै व्यापक आलोचना भएपछि उनले केही समयमै हटाएका थिए । तर उक्त स्टाटसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : १० बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र