२० मंसिर २०८२, शनिबार | December 6, 2025

सरकारद्वारा ‘जेनजी आन्दोलन’का ४५ जना मृतकलाई शहीद घोषणा



काठमाडौं । सरकारले ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गृह मन्त्रालय अन्तर्गतको अध्ययन समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट संकलित विवरणका आधारमा ती ४५ जनालाई शहीद घोषणा गरिएको बताए।

‘सम्बन्धित निकायहरूको प्रतिवेदनका आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको हो, अन्य व्यक्तिबारे थप अध्ययन गरिँदै छैन,’ मन्त्री खरेलले भने।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब ती शहीदहरुको नाम छिट्टै राजपत्रमा प्रकाशित हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय