२२ भदौ २०८३, सोमबार | September 7, 2026

भैरहवाको होटल निर्वाणाको गेट अगाडि मध्यरात गोली चल्यो, सुरक्षा गार्ड घाइते



भैरहवा । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गएराति गोली चलेको छ । राति करिब १ बजे भएको घटनामा एकजना व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार गोली होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि प्रहार भएको हो । बुटवल उपमहानगरपालिका-१५ निवासी २७ वर्षीय परियार गोली लागेर सामान्य घाइते भएका छन् ।

घाइते परियारको भैरहवास्थित भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको र सीसीटीभी फुटेजको विश्लेषणसहित थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ०१ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी