१३ भदौ २०८३, शनिबार | August 29, 2026

कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस



ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको छ ।

महाधिवेशन कार्यतालिकामा सहमति निर्माण हुन नसकेपछि, महाधिवेशनका विषयमा फरक फरक प्रस्ताव दर्ता भएको हो । पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ, वैशाख २७ गतेदेखि ३० गतेसम्म गरौँ भन्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

बैठकमा महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।

यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको पाण्डेले बताए ।

सहमहामन्त्री पाण्डेले विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न पनि पुसमा महाधिवेशन आवश्यक छ भन्ने धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिइरहेको धारणा राखे ।

अर्का सहमहामन्त्री किशोरसिंह राठौरले देशका सबै निकाय जलेको बेलामा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने धारणा राखे । उनले आफूलाई निर्वाचन पछाडि महाधिवेशन गर्ने कार्यतालिका नै पारित हुन्छ भन्ने विश्वास रहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : १६ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण