काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःशर्त नेकपा एमालेमा फर्किन लागेको स्पष्ट पारेका छन्।
बबरमहलमा रामकुमारी झाँक्री लगायतका नेताहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफूहरू कुनै पद वा स्वार्थका लागि नभई, आफ्नो “मूलघर” एमालेमा सम्मानपूर्वक फर्किन लागेको बताए।
श्रेष्ठले भने, “हामी कसैसँग समाहित वा एकता होइन, बरु आफूले पसिना बगाएको र जीवन अर्पण गरेको मूलघर एमालेमा फर्किन लागेका हौं। अहिले हामी एमालेसँग निरन्तर वार्ता र संवादमा छौं।”
उनका अनुसार आफू र उनका सहकर्मीहरूले पार्टी प्रवेशका सन्दर्भमा कुनै शर्त राखेका छैनन। “हामीलाई कुनै पद वा जिम्मेवारी चाहिएको छैन,” श्रेष्ठले भने, “हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने भावना राखेका छौं।


















प्रतिक्रिया