२० मंसिर २०८२, शनिबार | December 6, 2025

झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र) सहितका वामपन्थी दलहरूबीच आयोजित एकता घोषणासभामा सहभागी भएका छन्।

पार्टी एकताको विपक्षमा रहँदै आएका खनाल नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका हुन् । खनालले हिजो राति मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पार्टी प्रवेशबारे छलफल गरेका थिए। तर आज भने खनाल काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘एकता राष्ट्रिय सम्मेलन’मा सहभागी हुन पुगे ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सहित आठ वामपन्थी दलबीच पार्टी एकताको राष्ट्रिय सम्मेलन भैरहेको छ ।

खनालले यसअघि माओवादी केन्द्रसँगको एकता निर्णयप्रति असहमति जनाउँदै पार्टीको आधिकारिक निर्णयप्रति असन्तुष्टि प्रकट गरेका थिए।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ४४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति