काठमाडौं । ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । पार्टी दर्ताका लागि बुधबार नै औपचारिक रूपमा निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० वाम घटकबीच एकता घोषणा गर्दै नयाँ दल गठन गरिएको थियो । नवगठित पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाल रहेका छन् ।
पार्टीले चुनाव चिन्ह ‘तारा’ चयन गरेको छ । दर्ताका क्रममा पार्टीको नाम, चिह्न, संयोजक र सह-संयोजकसहितका मुख्य विवरण आयोगमा बुझाइएका छन् । बाँकी आवश्यक कागजात भने छिट्टै बुझाइने नेता ज्वालाले बताएका छन् ।



















प्रतिक्रिया