२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो



काठमाडौं । विश्वकप छनोट र यूएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्रिकेट संघ नेपाल (क्यान) का सचिव पारस खड्काले स्वागत गरे ।

नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । त्यसअघि ओमानमा सम्पन्न टी-२० विश्वकप छनोटमा पनि नेपालले उपाधि हात पारेको थियो । तर, यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग-२ का खेलहरूमा भने टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन ।

लामो समय विदेशमा खेल खेलेर फर्किएको राष्ट्रिय टोली अब घरेलु क्रिकेटमा केन्द्रित हुने तयारीमा छ । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ, जसमा राष्ट्रिय टोलीका अधिकांश खेलाडी सहभागी हुनेछन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : ०७ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ