काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेटको क्षतिमा ११२ रन बनाएको हो ।
अफगानिस्तानका करिम जनातले १० बलमा चार छक्कासहित ३५ रनको तेज इन्निङ खेले भने गुलबदिन नायब र सिदिकुल्लाह पचले समान २२-२२ रन योगदान गरे ।
नेपालका लागि राशिद खान उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित चार विकेट लिए । उनलाई लोकेश बमले एक विकेटको साथ दिएका छन् ।
हाल नेपालले जीतका लागि ११३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।


















प्रतिक्रिया