१२ असार २०८३, शुक्रबार | June 26, 2026

बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा



नेपालगन्ज । अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क ुमुटु जाँच शिविरु मा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टमा मुटु रोगको जोखिम देखिएको हो ।

७७ जना पत्रकारहरुको चेकजाँच गर्दा ४५ प्रतिशत बढीलाई कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख समेत रहेका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीले बताए । उनका अनुसार उच्च रक्तचाप र सुगरको समस्या पनि धेरैमा देखिएको छ ।

‘अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो,ु डा.अधिकारीले भने –‘उहाँहरुलाई अनुशासित जीवनशैली अंगिकार गर्न र जीवनशैली बदल्न सुझाव दिएका छौं ।’ वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा. नेपालको भनाई छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न डा.अधिकारी सुझाए । डा. अधिकारीले फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफूल तथा तरकारीको सेवन अधिक मात्रामा गर्न सुझाव दिए । मुटु रोग विभागमै कार्यरत फिजिसियन डा. विपिन आचार्यले पत्रकारहरुको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइए पनि तर जोखिम निम्त्याउने कारणहरु धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिए । उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित व्याम गर्ने, खानपिनमा सचेतता अपनाउन उहाँको सुझाव छ ।

प्रेस स्वतन्त्रता सेनानी स्वः पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए । त्यसक्रममा उनले पत्रकारहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्ने सन्देश शिविरले दिएको बताए ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने भन्दै पत्रकारहरुको मुटु झनै बलियो हुनुपर्ने धारणा राखे । उनले त्यसका लागि नियमित चेकजाँच गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गरौं भन्ने सन्देशका लागि शिविर महत्वपूर्ण भएको बताए । उनले पत्रकारले आममानिसमा नियमित मुटु जचाउन र जोगाउन सन्देश प्रवाह गर्नुपर्ने दायित्व बहन गर्नुपर्नेमा पनि जोड दिए ।

यस्तै प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताका छोरा विजय गुप्ताले शिविर आयोजनाले आफ्ना पिताप्रति उच्च सम्मान गरेको भन्दै धन्यवाद दिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २५ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको