५ बैशाख २०८३, शनिबार | April 18, 2026

हङकङ सिक्सेस : नेपाल यूएईसँग ४३ रनले पराजित



काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ ।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आदिल आलमले ३२ रन र सन्दीप जोराले नटआउट ३१ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा चार विकेट गुमाउँदै १२९ रन बनाएको थियो । यूएईका निलांश केसवानीले विस्फोटक प्रदर्शन गर्दै १५ बलमा १० छक्का र तीन चौकासहित ७३ रनको पारी खेले ।

नेपालका लागि राशिद खानले दुई विकेट लिँदा, लोकेश बम र रुपेश सिंहले एक-एक विकेट हात पारे ।

हङकङ सिक्सेसमा नेपालले पाँच खेल खेलेर एउटा मात्र जित हात पारेको छ । शनिबार भारतलाई पराजित गरेको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग भने हार ब्यहोरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ४० बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता