२० मंसिर २०८२, शनिबार | December 6, 2025

हङकङ सिक्सेस : नेपाल यूएईसँग ४३ रनले पराजित



काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ ।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आदिल आलमले ३२ रन र सन्दीप जोराले नटआउट ३१ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा चार विकेट गुमाउँदै १२९ रन बनाएको थियो । यूएईका निलांश केसवानीले विस्फोटक प्रदर्शन गर्दै १५ बलमा १० छक्का र तीन चौकासहित ७३ रनको पारी खेले ।

नेपालका लागि राशिद खानले दुई विकेट लिँदा, लोकेश बम र रुपेश सिंहले एक-एक विकेट हात पारे ।

हङकङ सिक्सेसमा नेपालले पाँच खेल खेलेर एउटा मात्र जित हात पारेको छ । शनिबार भारतलाई पराजित गरेको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग भने हार ब्यहोरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ४० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति