१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु, अन्य दुई बालकको अवस्था गम्भिर



रौतहट । रौतहटको मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भिर रहेको छन् । वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर शनिबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिएको छ ।

खाल्डोमा डुबेका छोटेलाल यादवका वर्ष छ का मेघनाथ यादव र वर्ष चारका अमित यादवको विरगंज स्थित अस्पतालमा उपचार भइरहेको छ । तीनै बालक गमहरिया गाँउछेउ सहिद चोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धारगरी उपचारका लागि विरगंज लैजाने क्रममा एक बालकको बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम